Incident Reports

Annapurna: Absconding rape accused arrested in theft case

2016-12-13

Province 1, Morang, Biratnagar

30-year-old Kalash Raj Giri of Biratnagar-1 has been arrested in theft case. Giri was earlier convicted of attempting rape on a woman. Police had filed a case against the accused for attempting rape on a 36-year-old woman of Biratnagar-1 on December 13, 2016. Giri was on the run after the incident. However, court had announced a sentence of three years against him and ordered the police to arrest the convict immediately. जबरजस्ती करणी उद्योग मुद्दामा जेल सजाय तोकिए पनि फरार रहेका विराटनगरका एक युवा खसी चोरी काण्डमा पक्राउ परेका छन् । विराटनगर १ का ३० वर्षीय कलशराज गिरी बुढीगंगा गाउँपालिका ३ की कल्पना राजवंशी महिलाको खसी चोरी गरेको घटनामा पक्राउ परेका हुन् । खसी चोरी गरेर स्कुटरमा हालेर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएपछि उनी जवरजस्ती करणी उद्योग मुद्दामा जेल सजाय सुनाइएको थियो । २०७३ मंसिर २८ गते विराटनगर १ की ३६ वर्षीय महिलालाई जवरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीले गिरीविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । तर उनी घटना लगत्तै फरार थिए । पक्राउ नपरे पनि अदालतले उनलाई तीन वर्ष कैदको फैसला सुनाएर प्रहरीलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । ‘खसी चोरी गरेको घटनामा फेला नपारिएको भए उनलाई पक्राउ गर्न प्रहरीलाई गाह्रो पर्ने थियो,' एसपी भण्डारीले भन्नु भयो, ‘जवरजस्ती करणी उद्योग गरे यता भने उनी फरार थिए ।' चोरी मुद्दामा जिल्ला अदालत मोरङले गिरीसंग १० हजार रुपैयाँ धरौटी माग गरेको छ । धरौटी माग गरिएको रकम बुझाए पनि उनलाई शुक्रबार जवरजस्ती करणी उद्योग मुद्दाको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments