Incident Reports

दमक क्याम्पसमा शिक्षक र विद्यार्थीबीच मुक्का हानाहान

2017-04-21

Province 1, Jhapa, Damak

झापाको दमक बहुमुखि क्याम्पसमा एक शिक्षकले मुक्का प्रहार गर्दा विद्यार्थी घाइते भएका छन् । विज्ञान संकाय अन्तर्गत भौतिक शास्त्रका विभागिय प्रमुख लोकेन्द चेम्जोङले मुक्का प्रहार गर्दा विएसी दोस्रो वर्ष अध्यन्रत महेश भट्टराई घाइते भएका हुन् । शिक्षक नियमित रुपमा प्रयोगात्मक कक्षामा नआएपछि क्म्प्लेन गर्न जाँदा आफूमाथि निर्घात कुटपिट भएको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य भट्टराईले बताए । भट्टराईको दाहिने आँखाको डिलमा दुई वटा टाँचा लगाउनुपरेको छ । साथै निधार, गाला र घाँटीमा पनि चोट लागेको छ । यस सम्बन्धि प्राध्यापकसँग कुरा गर्दा उनले आफूमाथि हातपात भएपछि प्रतिवाद गरेको बताए । विद्यार्थीले नियमित कक्षामा किन नआएको भन्दै फोन गरेपछि क्याम्पसमा आएर अन्य शिक्षाकहरुसँग कुरा गर्दै गर्दा भट्टराई आएर वादविवाद गर्न थालेपछि मुक्का प्रहार भएको उनले बताए । क्याम्पसका प्रमुख उत्तम भट्टराईले प्राध्यापकबाट गल्ती भएको स्वीकार्दै विवाद समाधानका लागि छलफल भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Saptari

0 Comments