Incident Reports

निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग

2017-05-08

Karnali, Jajarkot, Barekot

स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत बालिबालिकाको प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । वारेकोट गाउँपालिकामा एमाले र काङ्ग्रेस पार्टीको झण्डा र टिसर्ट लगाई बालबालिकाहरू निर्वाचन प्रचारमा हिँडेका छन् । राजनीतिक दललाई आचारसंहिता पालना गर्न पटकपटक अनुरोध गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले यस विषयमा सम्बन्धित राजनीतिक दललाई पुनः सजग बनाइने बताए । बालबालिका प्रयोग जबरजस्ती नगरिएको एमालेका जिल्ला अध्यक्ष करविर शाहीले बताए ।

0 Comments