Incident Reports

बलात्कारसम्बन्धी उजुरी दर्ता l

2013-05-19

Province 1, Morang, Dhanpalthan

Dipen Neupane मोरङ । जेठ ५ गते सात महिनाअघि बलात्कार गरी गर्भवती बनाइएकी एक १८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालयमा ०७० जेठ ५ गते उजुरी दर्ता गरेकी छन् । सोरभाग गाविस-९ का विवाहित ३० वर्षीय पुस्पराज खड्काविरुद्ध ती महिलाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख सुमा कार्कीले बताइन् । प्रहरी चौकी कर्सियामा उजुरीसम्बन्धी सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका भिनाजुले बताए । आरोपितले मार्ने धम्की दिँदै ती महिलासँग ०७० कात्तिकदेखि शारीरिक सम्बन्ध राखेको उजुरीमा उल्लेख गरिएको सेवा केन्द्रकी प्रमुख सुमा कार्कीको भनाइ छ । पीडित आरोपितको घरमा घरेलु कामदारका रुपमा बसेकी थिइन् । आरोपितको धम्कीपछि पीडितका बुवा ०७० जेठ ४ गतेदेखि बेपत्ता भएको उनकी जेठी छोरीले बताइन् । पीडितलाई इन्सेक जिल्ला प्रतिनिधिले विराटनगरस्थित ओरेकको महिला सुरक्षित आवासगृहमा राख्न पहल गरेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis