A clash ensued between the cadres of Maoist and CPN UML at Gajuri Village council-8, Chainpur on May 8 while cadres of the two parties were campaigning for the local level election.
In the clash, five people were injured. The injured were 36-year-old Narayan Adhikari, 35-year-old Sabitri Adhikari, 60-year-old Maya Nath Adhikari of Maoist centre. Similarly, 24-year-old Surendra Baral and 23-year-old Milan Baral of CPN UML were also injured.
Among the injured, Narayn and Maya Nath were taken to Kathmandu for further treatment whereas other are receiving treatment at local medical according to the police. The situation was controlled by the armed police force and mobile police team according to SP Sharad Khatri of DPO.
नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच गजुरी गाउँपालिका-८ चैनपुरमा वैशाख २५ गते दिउँसो झडप भएको छ । निर्वाचन प्रचार प्रसारमा सो ठाउँमा पुगेका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको हो ।
झडपमा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीया सावित्री अधिकारी, ६० वर्षीय मायानाथ अधिकारी र सोही ठाउँका एमाले कार्यकर्ता २४ वर्षीय सुरेन्द्र बराल, २३ वर्षीय मिलन बराल रहेका छन् ।
घाइतेमध्ये नारायण र मायानाथलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थल पुगेर त्यहाँको अवस्था शान्तिपूर्ण बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी शरद खत्रीले बताए ।