Incident Reports

नागरिककर्मी घिमिरेलार्इ धम्की

2017-05-02

Bagmati, Lalitpur, Lalitpur

नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर नागरिककर्मी शिवहरि घिमिरेलाई ज्यान मार्ने धम्की आएको छ । दक्षिण ललितपुरका सामुदायिक वनमा भइरहेको काठ तस्करी र फडानी गरिरहेकोबारे नागरिक दैनिकमा ‘सामुदायिक वनमा जथाभावी फडानी’ भन्ने शीर्षकमा वैशाख १८ गते समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि वन मन्त्रालयको ध्यानाकर्षण भएको तथा जिल्ला वन कार्यालयले जिल्लाका सामुदायिक वन संरक्षण समितिहरूलाई खबरदारी गरेको र पत्र काटेको भन्दै सरस्वती सामुदायिक वन संरक्षण समिति प्रमुख राजकुमार श्रेष्ठ लगायतबाट नागरिककर्मी घिमिरेलाई व्यक्तिगत गालीगलौज गर्दै ज्यान मार्ने धम्की आएको हो । समाचार प्रकाशन भएको पाँच दिनको बीचमा उनलाई बारम्बार फोन गरी धम्की आएको छ । धम्कीबारे महानगरीय प्रहरी परिसर काठमाडौंलाई जानकारी गराइसकेको घिमिरेले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments