Incident Reports

अज्ञात समूहद्वारा आदिवासी जनजाति महासंघको कार्यालयमा तोडफोड l

2013-05-19

Rajendra Thagunna डडेल्धुरा । जेठ ५ गते नेपाली आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिको कार्यालय डडेल्धुरामा अज्ञात समूहले तोडफोड गरी महत्वपूर्ण कागजातहरू जलाएको छ । जेठ ५ गते कार्यालय खोल्न जाँदा कार्यालयको ढोका फुटाएर कार्यालयमा कुर्सी, फोनसेट, दराज आदि जलाएको थाहा भएको महासंघ जिल्ला समन्वय समितिका सचिव राजेन्द्र बहादुर थापामगरले बताए । उनले करिब २ लाख क्षति भएको बताए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी कृष्ण प्रर्साईले घटनाको अनुसन्धान गरिने बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis