Incident Reports

बबिताको हत्या भएको परिवारको दाबी

2017-04-24

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा-१७, घारीपाटनकि बबिता जलारिको हत्या भएको अफ्नतले आरोप लगाएका छन । पोखरा-१२, शितलदेवी बस्ने दिनेश क्षेत्रीलाई हत्या आरोप लगाउदै जलारिकी आमा शान्तिले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार किटानी जाहेरी दिएकी छन् । क्षेत्रीले होटेलमा लगेर छोरीको हत्या गरेको उनले बताइन । 'होटेलमा लगेर मारेको हो,' उनले भंनिन, 'मेरो छोरीलाई फसाएर कान्छी श्रीमती बनाएको हो, के कुरामा चित्त बुझेन, अनि यस्तो गर्यो । ' घटना बैशाख ११ गते रातिको हो । ३० वर्षीय दिनेश र २५ वर्षिया बबिता लेकसाइडमा रहेको मुस्ताङ्ग होटेलमा रातिसंगै बसेका थिए । राति करिब १२ बजेतिर दिनेशले बबिता बिरामी भएको भन्दै ट्याक्सीमा मेट्रो अस्पताल लागेका थिए । अस्पताल पुग्नेबितिकै डाक्टरले मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको जानकारी हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए । हत्या हो कि होइन भनेर रिपोर्ट नआएसम्म भन्न सकिदैन,' उनले भने, 'भिसेरा जांच गर्न काठमाडौँ पठाएका छौ । दिनेशलाई अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा राखिएको उनले बताए । थप अनुसन्धानका लागि कास्की प्रहरी को हिरासतमा रखिएको उनले बताए. 'थप अनुसन्धान गर्दै छौ, ' उनले भने, 'दिनेशका अनुसार बबिता कान्छी श्रीमती हुन् । ' उनीहरु २ वर्षदेखि सम्बन्ध रहेको डिएसपी खत्रीले बताए ।

'थप अनुसन्धान गर्दै छौ, ' उनले भने, 'दिनेशका अनुसार बबिता कान्छी श्रीमती हुन् । ' उनीहरु २ वर्षदेखि सम्बन्ध रहेको डिएसपी खत्रीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments