Incident Reports

युवकद्वारा बालिका बलात्कृतl

2013-05-17

Rajesh Thagunna डडेल्धुरा । जेठ ४ गते एक १३ वषिर्या बालिकालाई ०७० वैशाख ३० गते आलिताल गाविसका २४ वर्षीय भगिरत बोहराले बलात्कार गरेका छन् । विवाह गर्छु भन्दै ललाईफकाई आफ्नो घर लगी जबरजस्ती गरेको पीडित बालिकाले बताइन् । छोरी हराएको भन्दै पीडितका बालिकाका परिवारले वैशाख ३१ गते इलाका प्रहरी कार्यालय जोगबुडामा उजुरी दिएपछि जेठ ३ गते आरोपित बोहरालाई गिरफ्तार गरी हिरासतमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको र पीडित बालिकालाई ०७० जेठ ३ गते जोगबुडा स्वास्थ्य चौकीमा र जेठ ४ गते जिल्ला अस्पताल डडेल्धुरामा उपचार गराई अभिभावको जिम्मा लगाइएको डीएसपी कृष्ण प्रर्साईले बताए । आरोपित बोहराविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइने डीएसपी प्रर्साईले बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis