Incident Reports

बालिका बलात्कारका आरोपित सैनिक पाँच वर्षपछि गिरफ्तार l

2013-05-17

Dipen Neupane मोरङ । जेठ ४ गते एक १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका पथरी गाविस-१ निवासी सेनाका प्यूठ ४१ वर्षीय चेतन श्रेष्ठलाई प्रहरीले पाँच वर्षपछि ०७० जेठ ३ गते गिरफ्तार गरेको छ । उनले ०६४ पुस २२ गते मादक पदार्थ सेवन गरी ती बालिकालाई घरैमा पुगेर बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो कार्यालयका असई गुणराज रिजालका अनुसार तत्कालीन समयमा आरोपित सुनसरी जिल्ला इटहरी नगरपालिकास्थित सेनाको पूर्वी पृतनामा कार्यरत थिए । आरोपित घर आएको जानकारी पाउनासाथ प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis