Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा यूवक विरुद्ध जोहरी दर्ता l

2013-05-20

Man Bahadur Chaudhary बर्दिया । जेठ ६ गते गुलरियाकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको छ । बालिकामाथि सोही नपा बागेश्वरी फाँटाका मदिरा सेवन गरेका तीन युवकबाट बलत्कारको प्रयास भएको हो । साँझ ६ बजे बहिनीसँग पसलमा चुरोट किनी फर्कने क्रममा बाटो मै छेकेर बलात्कारको प्रयास गरेको पीडित बालिकाले बताएकी छन् । पसलबाट दिदीबहिनी फर्कदै गर्दा मदिरा सेवन गरेका सुनिल चौधरी, पञ्चु चौधरी र रामजाने चौधरीले बलात्कारको प्रयास गरेको पीडित परिवारले आरोप लगाएका छन् । बाटोमा हिड्दै गरेको बेलामा बहिनीलाई हल्ला गरे मारिदिने धम्की दिंदै पीडित बालिकालाई मुख छोपेर बलात्कारको प्रयास गरेको पीडित बालिकाले बताइन् । तीन जनामध्ये दुई जनाले बालिकालाई हातपात गरेको र एक जना वरिपरि हेरेर बसेको बालिकाले बताएकी छन् । केही समयपछि नजिकै घर भएकी एक महिलाले देखेपछि युवाहरू बालिकालाई छोडेर भागेको पीडित बालिकाले बताएकी छन् । बालिकाकी हजुरआमाका अनुसार गाउँकै दुई जनाले उद्धार गरेर राति ८ बजे घर ल्याइदिएका थिए । उनले भनिन् नातिनीलाई घरमा दुई जनाले बोकेर ल्याएपछि मात्र घटनाको बारेमा थाहा भयो । घटनाको जानकारी पाउनासाथ पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरीले बलात्कार प्रयासको आरोप लागेकामध्ये सुनिल चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी यमुना रजकले बलात्कार प्रयासको आरोप लागेका तीन जना युवाहरूमध्ये एक जना पक्राउ परेको र बाँकीको जनाको खोजी भइरहेको बताए । पीडित बालिकाको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । बालिकालाई घाँटी र छातिमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्यकर्मीका अनुसार बालिकाको शरीरमा भित्री चोट के कस्तो परेको छ भन्ने थप जाँचपछि मात्र पत्ता लाग्ने स्वास्थ्यकर्मीले बताएका छन् । यता, पीडित परिवारलाई घटनाको खुलासा नगर्न र कानुनी प्रक्रियामा नलैजान पीडक पक्षले दवाव दिइरहेको छ । “पैसामा मिलाउन खोजिरहेका छन ।“ पीडितकी हजुर आमाले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis