Incident Reports

चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप

2017-05-10

Karnali, Humla, Simkot, Ward 8

सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ । नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग झडप भएको एमालेका वडा अध्यक्षका उम्मेदवार हरिबहादुर शाहीले बताए । सोही ठाउँमा काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार दलबहादुर शाहीलाई नेकपा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरेपछि दुवै पार्टीका कार्यकर्ताबिच झडप भएको धारापोरी प्रहरी चौकीले जनाएको छ । धारापोरी प्रहरी चौकीका इञ्चार्ज शान्तबहादुर गुरूङका अनुसार एमाले कार्यकर्तालाई धम्की दिई पार्टी प्रवेश गराउन खोज्ने काङ्ग्रेसका कार्यकर्ता उज्जन शाही, अङ्गबहादुर शाही र मदन शाही फरार रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports