A woman candidate was assaulted by her husband in Kaski on Wednesday night after she refused to withdraw her candidacy for the local level elections. Padma Khadka Gurung, a ward member candidate for the CPN (Maoist Centre) in Rupa Village Council-5, was beaten by Yam Bahadur Gurung for refusing to withdraw her candidacy. Seriously hurt Padma is receiving treatment at the Fewa City Hospital in Pokhara. Padma’s brother-in-law Tek Bahadur Gurung is the ward chairman candidate from the CPN-UML. The victim claimed that she was thrashed at the behest of her brother-in-law. (PR)
रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री ‘गुरुङ’लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् ।
वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन पतिले दबाव दिएको भएपनि आफूले नमान्दा पतिले कुटपिट गरेको पीडित महिलाको आरोप छ ।
कुटपिटबाट पीडित महिलाको टाउको र हातमा गम्भीर चोट लागेकोले उपचार पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको छ ।
पति र पत्नीबिच राजनीतिक पृष्ठभूमि नमिलेको कारण पद्मामाथि कुटपिट भएको स्थानीयबासीको भनाइ छ । सो घटना राजनीतिक नभइ घरायसी कारणबाट भएको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गाबहादुर गुरुङले बताए ।