Incident Reports

माआवादी कार्यकर्ताद्वारा एकीकृत घुम्ती शिजिरको खाद्यान्न लुटपाट l

2013-05-20

Karnali, Mugu, Soru

Jeevan Sejuwal मुगु । जेठ ४ गते सरकारी कार्यलयबाट प्रवाह हुने सेवा ग्रामिण क्षेत्रमा पुर्‍याउने उदेश्यले जिल्लाको ग्रामीण भेग सोरु कोटमा ०७० जेठ ५ गतेदेखि संचालन हुने एकीकृत घुम्ती शिविरमा अवरोध गर्ने भन्दै नेकपा माओवादीले ०७० जेठ ३ गते शिविरमा जाने कर्मचारीका लागि लगिएको पाँच क्वीन्टल चामल लुटेका छन् । जिल्लाका विभिन्न भागमा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा वितरणका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गर्नका लागि सबै राजनीतिक दलहरूको सहमतिमा शिविर संचालन भइसकेपनि ०७० जेठ ५ गतेदेखि सोरु भेगका सात गाविसमा सञ्चालन हुने भएपनि नेकपा माओवादीका कार्यकर्ताले चामल लुम्ला काँधबाट खच्चडमा ढुवानी गरी लैजाँदै गरेको अवस्थामा लुटेर लगेका छन् । नेकपा माओवादीका जिल्लाका कार्यकर्ता अवरोध पुर्‍याउन सोरुकोटमा पुगेका छन् । घुम्ति शिविर सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको संयोजन र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेश भण्डारीको नेतृत्वमा ३२ जना सुरक्षाकर्मीसहित जिल्लाका सरकारी कार्यालयका प्रमुखसहित अन्य कर्मचारी त्यस क्षेत्रतर्फ जेठ ३ गते हिडेका थिए । यसअघि, अन्य भेगमा सम्पन्न भएका शिबिरमा नेकपा माओवादीले फोटोसहितको मतदाता नामवली संकलन गर्न नपाउने भनी सर्वदलीय बैठकमा कुरा उठाएपछि शिविरमा फोटोसहितको मतदाता कार्य रोकी अन्य सबै सेवा प्रदान गरिएका थिए । यस पटक नेकपा माओवादीले सबै कार्यमा अवरोध गर्ने जानकारी बाहिर आएपछि सुरक्षाकर्मी थपिएको थियो । जिल्लाका खत्याड, करान, भेगमा कुनै अवरोध बिना नै शिविर सम्पन्न भइसकेका छन् भने गम भेग सदरमुकाम नजिकको क्षेत्र भएकाले शिविर संचालन गरिएको छैन । जिवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis