Incident Reports

भारतीयले नेपालमा आएर रक्सी खाएर नेपालीलाई कुटेपछि सीमा नाका बन्द

2017-05-11

Sudurpashchim, Baitadi, Shivanath

तल्लोस्वराडमा पर्ने नेपाल-भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा बिहीबारदेखि आवतजावत बन्द भएको छ । बिहीबार बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल-भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालकलाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिनुभयो । तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै रक्सी खाएर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ । धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ । कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments