Incident Reports

No translation available.

2013-05-19

Dipen Neupane मोरङ । जेठ ६ गते झापा जिल्ला दुवागडी गाविस-८ की २१ वर्षीया सुनिता श्रेष्ठलाई बेचविखन गर्न भारत लाँदै गरेको आशंकामा प्रहरीले विराटनगर उमनपा-२२ स्थित रानी भन्सार नाकाबाट ०७० जेठ ५ गते उद्धार गरेको छ । उद्धारपछि पीडितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको महिला तथा बालबालिका सेवा केन्द्रकी असई भगवती न्यौपानेले बताइन् । आरोपितले पीडितलाई विवाह गर्छुभनी ललाइ फकाइ भारतमा सानीआमाको घरमा राख्न लगेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् । सो घटनामा संलग्न भएको आरोपमा उदयपुर जिल्ला ठोक्सिला गाविस-५ का २७ वर्षीय रमेश भुजेललाई प्रहरीले रानी भन्सार नाकाबाटै पीडितको उद्धारसँगसँगै गिरफ्तार गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय रानी सई गोपाल कार्कीले बताए । पीडित कक्षा-१२ मा अध्ययनरत छिन् भने आरोपित निरक्षर रहेको प्रहरीले बताएको छ । दीपेन नेउपाने

0 Comments