Incident Reports

विप्लवका युवा दस्ता इन्चार्ज पक्राउ

2017-05-12

Karnali, Jumla, Patrasi, Ward 7

जुम्लाको पूर्वी क्षेत्र पातारासीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका युवा दस्ताका इन्चार्ज वीरबहादुर कठायतलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । पातारासी गाउापालिका–७ पटमारामा कठायतले निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरीएकोले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले बताए । स्थानीय तहको निर्वाचनका लागि बिहीबार रातिबाट नै निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि गर्न रोक लगाइएको छ । ‘कठायतले गाउामा निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा भेटायौं,’ डीएसपी काफ्लेले भने, ‘हामीले नियन्त्रणमा लिएर जिल्लामा ल्याएका छौं । गाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ पक्राउ परेका कठायतको स्थायी ठेगाना कनकासुन्दरी गाउापालिका–९ रिया रहेको प्रहरीले बताएको छ । यसअघि जिल्लामा मनोनयन दर्ता गर्नु एकदिन अघि नै विप्लव समूहका भेरीकर्णाली इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) लाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको थियो । जिल्लामा प्रहरीले निर्वाचन विरोधि गतिविधि हुनसक्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति घोषणा भएदेखि नै विप्लव नेतृत्वका कार्यकर्ताले निर्वाचन विरोधी पोष्टरहरु टाँस्ने, भित्ते लेखन तथा प्रचार गर्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports