Five suspicious things were found on Saturday morning at a place along Anbukhaireni-Gorkha road section situated in Ward -10 and 12 of Gorkha Municipality.
They were wrapped in a paper with the word “Danger” written on it. Locals had informed the police about those suspicious things.
Nepal Army personnel defused them . No sound was heard when they were defused by the Nepal Army personnel, Narsinghdal Battalion of Nepal Army told Republica Online.
Biplab-led CPN cadres have been suspected of leaving those suspicious things on the road with a view to discourage the voters to cast their votes in the May 14 election.
गोरखा नपा-१० छेवेटार र १२ स्याउलीमा खतरा लेखेर राखेको ‘शंकास्पद’ वस्तु प्रहरीले वैशाख ३० गते हटाएको छ । तार झुण्डाएर खतरा लेखिएको कागज सहितको वस्तु देखेपछि स्थानीय त्रसित भई प्रहरीलाई खबर गरेपछि बिहानै सो ठाउँमा प्रहरी पुगेको थियो ।
‘नक्कली बम जस्तो बनाएर झुण्डाइएको रहेछ, हामीले नेपाली सेनासँग समन्वय गरेर हेर्दा तार झुण्डाएर प्लास्टीक भित्र वालुवा राखिएको रहेछ,’ डिएसपी विरेन्द्र थापाले भने । मतदातालाई त्रास फैलाउन ‘शंकास्पद वस्तु’ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले ३० र ३१ गते आह्वान गरेको नेपाल बन्द सफल पार्न र निर्वाचनलाई प्रभावित पार्न त्यस्तो गरेको हुनसक्ने आशंका गरिएको प्रहरीको भनाई छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टीमा आवद्घ भएको आरोपमा प्रहरीले एक जना शिक्षकलाई गिरफ्तार गरेको छ । छेवेटारमा रहेको उनकै घरबाट ३७ वर्षीय विनोद पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पाण्डे तारा मावि छेवेटारका निमावि तहका विज्ञान शिक्षक हुन् ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न हुन सक्ने आशंकामा भन्दै उनलाई पक्राउ गरिएको एसपी जनकराज पाण्डेयले बताए । गिरफ्तार गरिएका पाण्डेलाई निर्वाचन लगत्तै छाडिने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।