Incident Reports

अपहरण तथा शरीर बन्धकको आरोपमा गिरफ्तार l

2013-05-21

Province 1, Morang, Rangeli

Dipen Neupane मोरङ । जेठ ७ गते बवियाबिर्ता गाविसकी एक युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा विराटनगर उमनपा-१४ का २५ वर्षीय सोनु भनिने सुमितकुमार साहलाई ०७० जेठ ६ गते विराटनगरबाटै प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक पोखरेलका अनुसार आरोपितसहितका पाँच छ जनाको समूहले विवाह गर्ने भनी ०७० वैशाख २७ गते बबियाबिर्ता गाविसबाट सर्लाही जिल्लास्थित कमैया जाने क्रममा केवल रायमाझीसँग रहेकी संगिनीलाई विराटनगर उनपा-११ स्थितहाटखोलाबाट रिक्सा चढी विराटनगर बसपार्क जाने क्रममा विराटनगर-११ देवकोटा चोकबाट अपहरण गरी बेपत्ता बनाएका थिए । अपहरणपछि सो समूहले पीडितलाई भारतको फार्विसगंज र पुर्नियाँ समेतमा लगी बन्धक बनाएको थियो । प्रहरीद्वारा खोजतलास भइरहेको भन्ने थाहा पाइ विवाह गर्ने बहानामा पीडितलाई विराटनगर ल्याएको अवस्थामा ०७० जेठ ५ गते विराटनगर उमनपा-१४ बाट प्रहरीले उद्धार गरेको थियो । दीपेन नेउपाने

0 Comments