Incident Reports

यूएनको मोटरसाइकलमा तोडफोड

2017-05-12

Sudurpashchim, Bajura, Badimalika

अज्ञात समूहले संयूक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमको मोटरसाइकल तोडफोड गरी पूर्ण रुपमा क्षति पुर्‍याएको छ । विश्व खाद्य कार्यक्रम डब्लुएफ्पीका अछाम–बाजुरा संयोजक गणेशराज पाध्यायले बाजुरा सदरमुकाम मार्तडीमा आफू बस्ने डेरा नजिकै रहेको धनबहादुर रावतको होटलको हाताभित्र पार्किङ्ग गरी राखेको मोटरसाइकलमा बिहीबार राति क्षति पुर्‍याइएको हो । उक्त स्थान मार्तडीको केन्द्रभागमा पर्दछ । पार्किङ्ग गरी राखेको स्थानबाट करिब पाँच सय मिटर पर गुडाएर मार्तडी तलको भिरमा फ्याँकिएको अवस्थामा शुक्रबार मध्यान्ह् मात्र प्रहरीले मोटरसाइकल फेला पारेको हो । भिरबाट फ्याँकिएको उक्त मोटरसाइकल कामै नलाग्ने अवस्थामा भेटिएको छ । ‘संलग्नहरुको खोजी र अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports