Incident Reports

दोलखाको झुलेमा झडप, ६ जना घाइते

2017-05-14

Bagmati, Dolakha, Tamakoshi, Ward 2

मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तामाकोशी गाउँपालिका झुलेको अमर उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ । यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 6
National/Online Media , INSEC

0 Comments

Related Reports