Incident Reports

पत्नीलाई छुरा प्रहार l

2013-05-21

Pratap Bista मकवानपुर । जेठ ७ गते पैसाको निहुँमा एक युवकले पत्नीलाई छुरा प्रहार गरेर घाइते बनाएका छन् । पदमपोखरी गाविस ७ का ३५ वर्षीय बमबहादुर बलले ०७० जेठ ६ गते बेलुका घरमा छुरा प्रहार गरेर ३४ वर्षीया फुलमाया बललाई घाइते बनाएका हुन् । घाइते बलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । छिमेकीको ऋण तिर्न पैसा माग्दा पति बमबहादुरले पत्नीको बाँया कोखामा छुरी प्रहार गरेका थिए । छुरी प्रहारबाट घाइते भएकी फुलमायालाई स्थानीयवासीले उपचारका निम्ति हेटौंडा अस्पताल तत्कालै ल्याएका थिए । बमबहादुरलाई प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis