Incident Reports

रामेछापको कालिका भगवती मतदान केन्द्रमा मतदान स्थगित

2017-05-14

Bagmati, Ramechhap, Doramba

माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्ििथतिलाई नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले वताएका छन । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको जनाएका छन । रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदाताहरु उल्लासपूर्ण वातावरणमा मतदान कार्यमा सहभागी भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC

0 Comments

Related Reports