Incident Reports

हुम्लामा कांग्रेसका आधिकारिक र बागी उम्मेदवारबीच तनाव

2017-05-14

Karnali, Humla, Kharpunath, Ward 5

हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेस दुई समूहबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिने प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यहाँ काग्रेसका आधिकारिक र बागी उम्मेदवारका पक्षधरहरुबीच लडफा भएको हो । कांग्रेसका भिमबहादु शाही अधिकारिक र बागीको रुपमा प्रकाशबहादुर शाही उम्मेदवार छन् । एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो । कर्णालीको तिरमा मतदान स्थल छ । मतदानस्थल भन्दा माथिबाट ढुंगा मुढा प्रहार भएको थियो । दुई पक्षबीचको तनावका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ पनि हो । मन्त्री शाही अहिले हुम्लामै छन् । स्थिति तनावपूर्ण भएपछि मन्त्री शाहीले नै खार्पुमा थप सुरक्षाकर्मी परिचालनका लागि पहल गरेका थिए । १५ जनाको थप सुरक्षाकर्मीको टोली खार्पु पुगेको छ । अहिले स्थिति नियन्त्रणमा आएकाले मतदान सुचारु भएको हुम्लाका डिएसपी कमल नेपालीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports