Incident Reports

पत्नी हत्या गरी फरार रहेका अभियुक्त आठ वर्षपछि गिरफ्तार l

2013-05-20

Madhes, Rautahat, Gadhimai

Bipin Gautam रौतहट । जेठ ७ गते सन्तपुर(दो) गाविस-७ का ४५ वर्षीय राजिन्द्र राय यादवलाई ०७० जेठ ६ गते प्रहरीले पत्नी हत्याको आरोपमा आठ वर्षपछि गिरफ्तार गरेको छ । अभियुक्त यादवले ०६२ कात्तिक २५ गते पत्नी सुगान्धिदेवी यादवलाई घाँस काट्ने गडासीले प्रहार गरी हत्या गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी परेको थियो । जाहेरी परेपनि उनी सोही मितिदेखि फरार रहेको प्रहरीले जनाएको थियो । पत्नी हत्याको अभियोग लागेका यादव गाउँघरमा नै बसेको सूचनाको आधारमा उनलाई गिरफतार गरी रौतहट जिल्ला अदालतमा पेश गरिएको एसपी गोविन्दराम परियारले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis