Incident Reports

खुकुरी प्रहार गरी एक युवकको हत्या

2017-05-14

Province 1, Taplejung, Phungling, Ward 10

RSS ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे सबाहाङ माथि तीन/दुई जनाको समूहद्वारा खुकुरी प्रहार भएको थियो । पेटमा गहिरो चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ । घटनामा संलग्न फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका सुमन लिम्बू घटनास्थलबाटै पक्राउ परेका छन् भने घटनामा संलग्न रहेका अन्य फरार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट तीन/चारजनाको संलग्नता रहेको पाइएको छ । मृतक तवेबुङ सदरमुकाममा नै डेरा गरी बस्दै आएका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments

Related Reports