Incident Reports

प्रहरीद्वारा दुई सर्वसाधारणमाथि कुटपिट l

2013-05-20

Manohar Kumar Pokharel सप्तरी । जेठ ७ गते नकटी रायपुर गाविस-३ पिपराहीका ५० वर्षीय सूर्यनारायण महतोलाई ०७० जेठ ५ गते जग्गा विवादका विषयमा रायपुर गाविस-३ स्थित घर आएका बेला सँखुवासभा जिल्लामा कार्यरत प्रहरी जवान ३५ वर्षीय देवनारायण महतोले निर्घात कुटपिट गरेका छन् । लाठीको कुटाईबाट उनको टाउको फुटेको छ भने कान, पाखुरा र खुट्टालगायत शरीरमा नीलडाम रहेको छ । घाइतेको रायपुरस्थित युनिक अस्पतालमा उपचार सम्भव नभएपछि ०७० जेठ ६ गते राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । यसैगरी राजविराज नपा-९ स्थित राजदेवी प्रहरी पोष्टका असई टिकाराम बहादुर राउतले रम्पुरा मल्हनिया गाविस-९ घर भई राजविराज नपा-९ बस्ने १७ वर्षीय अजयकुमार झालाई ०७० जेठ ६ गते साँझ ५ बजे कुटपिट गर्दै अमानविय व्यवहार गरेका छन् । पानी तान्ने प्लाष्टिक पाइप मन्दिरको छतमाथि लुकाएको भन्दै असई राउतले राजविराज नपा-९ स्थित चित्रगुप्त मन्दिरका पुजारी इन्द्रकान्त झाका नाती अजयलाई कुटपिट गर्दा सो ठाउँ तनावग्रस्त भएको थियो । प्रहरी र स्थानीयवासीबीच झडपको अवस्था सृजना भएपछि वडा प्रहरी कार्यालय राजविराजबाट सई मनोज राउतको नेतृत्वमा पुगेको प्रहरी टोलीले असई राउतलाई विभागीय कारवाही गरिने भन्दै जिल्ला प्रहरी कार्यालय ल्याएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis