Incident Reports

तवनमा मतगणना सुरु भएन, एमालेले थाल्यो नाराबाजी

2017-05-15

Bagmati, Chitawan, Bharatpur

चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएको भन्दै नेकपा एमालेसमर्थित मतदाताले नाराबाजी सहित प्रर्दशन गरेका छन् । भरतपुर जिल्ला विकास समिति अगाडिको कभड हल वरपरको क्षेत्रमा मतगणना सुरु गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । मत गणनाको तयारी स्वरुप बसेको सर्वदलिय बैठकमा मत गणनाका लागि न्युनतम मापदण्डका विषयमा नै सहमति जुट्न नसकेपछि मतगणनामा ढिलाई भएको हो । सर्वदलिय छलफलमा मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले मत पेटिकामा भएका मतपत्र सबैको गणना गर्नुपर्ने र राजनीतिक दलका नेताहरुले मुचुल्का अनुसार मत गणना गर्नुपर्ने अडान लिए पछि सहमति हुन नसकेको हो । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेस र नेकपा माओवादीको चुनावी तालमेल अनुसार मेयरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवाली प्रतिष्पर्धामा छन् । ३ लाख १३ हजार ३ जना मतदाता संख्या रहेको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मात्रै १ लाख ५० हजार २ सय ७४ मतदाता छन् । भरतपुर महानगरपालिका, इच्छाकामना गाउपालिका तथा कालिका, रत्ननगर, राप्ती, खैरहनी र माडी नगरपालिका गरी चितवन जिल्लामा ७ वटा स्थानिय तह छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports