Incident Reports

पर्बतमा एमाले कार्यकर्ताको खुकुरी प्रहारवाट काँग्रेसका दुईजना घाईते

2017-05-13

Gandaki, Parbat, Kushma, Ward 2

पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् । खुकुरी प्रहारवाट रुद्रवहादुर खत्री र कृष्णवहादुर खत्री घाईते भएका छन् । घाईते मध्ये रुद्रवहादुरको घाँटि माथी गम्भिर चोट लागेको छ । मदिराको मातमा आएका नेकपा एमाले कुश्मा नगरपालिका ७ का वडा सदस्यका उम्मेदवार दलवहादुर क्षेत्री सहितको टोलीले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले वताएका छन् । घाईतेको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रत्यक्षदर्शी शर्माका अनुसार साँझ साढे ९ वजेको समयमा आक्रमण भएको हो । स्थानीयवासिन्दाले आक्रमणमा संलग्न रहेको भन्दै दलवहादुर क्षेत्री, विष्णु क्षेत्री, महेन्द्र क्षेत्री, गणेश रेग्मी लगायत १२ जनाका विरुद्धमा किटानी जाहेरी दिएको स्थानीय शिवराज शर्माले जानकारी दिनुभयो । प्रहरी घटना स्थलमा पुगेको छ । घटनास्थलवाट घटनामा प्रयोग भएको खुकुरी र केहि भाला वरामद भएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports