Incident Reports

मतदान गर्न पाउनुपर्ने माग गर्दै मुख्य निर्वाचन र जिल्ला प्रशासन कार्यालयमा धर्ना

2017-05-15

Karnali, Humla, Kharpunath, Ward 5

खार्पुनाथ गाउँपालिका-५ को मान्धारा मावि मतदान केन्द्रका करिब ४ सय मतदाताले मतदान गर्न नपाएको भन्दै जेठ २ गते उक्त मतदान केन्द्रका मतदाताले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । सो मतदान केन्द्रमा ०६४, ७० र ०७४ मा भएका निर्वाचनमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले अन्य पार्टीका कार्यकर्तालाई मतदान नगर्न धम्की दिएपछि स्थानीय तहको पहिलो निर्वाचनका क्रममा उक्त निर्वाचन केन्द्रमा झडप भएको स्वतन्त्र पक्षका वडाध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाहीले आरोप लगाए । स्थानीय मतदाताले सो मतदान केन्द्रमा पुनः मतदान गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस बाहेक अन्य सम्पूर्ण दल र स्वतन्त्र पक्षका उम्मेदवारतथा मतदाताले माग पुरा गर्ने मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मी र प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेललाई ध्यानाकर्षण गराएका छन् । मतदान केन्द्रमा पुनः मतदान गराएमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको समेत उपस्थित रहे मात्र मतदान गर्ने नत्र स्वतन्त्र पक्षका मतदातालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले मार्न सक्ने भन्दै उम्मेदवार प्रकाशबहादुर शाहीले असुरक्षा भएको गुनासो गरे । उक्त मतदान केन्द्रका मतदाताहरूले सो कार्यालयमा ४ सय जना मतदाताले परिचय पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले भने-‘आफूले सुरक्षाकर्मी खटाएको हो ।’ मुख्य निर्वाचन अधिकृतका अनुसार यस विषयमा छलफल गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 400
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports