Incident Reports

पुस्तक व्यवसायी संघद्वारा जनक शिक्षा सामाग्री केन्दमा तालाबन्दी

2017-05-03

Madhes, Dhanusha, Janakpur

धनुषाका पुस्तक व्यवसायीहरुले सहजरुपमा पुस्तक उपलव्ध नगराएको विरोधमा जनक शिक्षा सामग्री केन्दको जनकपुर स्थित कदम चोकको कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धनुषाले आफुहरुलाई कमिशनको खेलमा लागि पाठ्य पुस्तक उपलब्ध नगराएको भन्दै उनीहरुले जनक शिक्षा सामग्री केन्दको पुस्तक राख्ने गोदाममा समेत तालाबन्दी गरेको हो । उनीहरुले तालाबन्दी पछाडी चर्को नारावाजी गर्दै शिक्षा सामाग्रीका कर्मचारीहरुले कमिशनको खेलमा पाठ्यपुस्तक चोरेर समेत बिक्री बितरण गर्ने गरेको बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धनुषाका पदाधिकारीहरुले ताला लगाएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन जाँदा प्रजिअ दिलिप चापागाईले संघका अध्यक्ष गौतम ढुंगेलसहित पुस्तक व्यवसायीहरुलाई दुव्र्यवहार गर्दै गार्ड लगाएर जिल्ला प्रशासनको कम्पाउण्ड भन्दा बाहिर निकाल्न लगाएको पुस्तक व्यवसाही संघका अध्यक्ष ढुंगेलको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments