Incident Reports

समाचार लेखेकै आधारमा पत्रकारमाथि आक्रमण, आक्रमणको निन्दा

2017-05-17

Province 1, Udayapur, Triyuga

समाचार प्रकाशनको विषयलाई लिएर त्रियुगा नगरपालिका-१० गाईघाटका ४० वर्षीय पत्रकार नेत्रकुमार सुनुवार (सञ्चार किराँती) माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाले जेठ ४ गते विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ । शाखाका अध्यक्ष भरत खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको यथाशीघ्र अनुसान्धान गरी दोषिलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सम्बद्ध पक्षसँग माग गरिएको छ । उदयपुर पोष्ट साप्ताहिकका प्रकाशक तथा महासङ्घका साधारण सदस्यसमेत रहेका सुनुवार माथिको आक्रमण सिङ्गो प्रेसजगत माथिकै भएको महासङ्घको भनाइ छ । जेठ ३ गते साँझ आफ्नै घरमा बसिरहेका किराँतीमाथि मुकुण्डो लगाएर आएका दुई जना अपरिचित व्यक्तिले आक्रमण गरेको बताइएको छ । ‘अस्ती विप्लव माओवादीको समाचार लेख्ने तैँ हैनस् ?” भन्दै अपरिचित व्यक्तिहरूले कुटपिट गरेको पीडित पत्रकार किराँतीको भनाइ छ । विज्ञप्तिमा समाचार लेखेकै विषयमा आक्रमण गर्नु र पत्रकारको कलम भाँच्ने कोशिस गर्नु लोकतन्त्र, गणतन्त्र र वाक स्वतन्त्रताको धज्जि उडाउनु हो भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments