Incident Reports

एमाले कार्यकर्तालाई खुकुरी प्रहार गरेको आरोपमा चार जना गिरफ्तार

2017-05-19

Karnali, Dailekh, Dullu, Ward 9

दुल्लु नगरपालिका-९ पादुका छपाते नजिक एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा नेपाली सेनाका सिपाहीसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचनमा सो वडामा हारेको झोकमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरेको पीडित पक्षको आरोप छ । खुकुरी प्रहारको नेतृत्व गरेको नेपाली सेनाका सिपाही २७ वर्षीय प्रेमबहादुर भण्डारी, २३ वर्षीय नगेन्द्र भण्डारी, २५ वर्षीय शक्ति सुनार र २८ वर्षीय प्रेम सुनारलाई प्रहरीले गिरफ्तार गरेको हो । आरोपित सबै दुल्लू नगरपालिका ९ का बासिन्दा हुन् । खुकुरी प्रहारबाट घाइते दुल्लू नगरपालिका-९ का ५५ वर्षीय भगतलाल बानिया, ४३ वर्षीय बालकुमारी योगी, ३२ वर्षीय सुर्जा पाण्डे र ३५ वर्षीय सतानन्द पाण्डेको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको छ । अन्य तीन जना ४२ वर्षीय तिलक उपाध्याय, २८ वर्षीय फुर्ति पाण्डे र ३९ वर्षीय पूर्ण पाण्डेको दुल्लू अस्पतालमा उपचार भइरहेको छ । गिरफ्तार गरिएका मध्ये सिपाही प्रेमबहादुर भण्डारीलाई नेपाली सेनाको कोर्टमार्सल अनुसार कारबाही गर्ने दुल्लूस्थिात रणसार्दूल गुल्मले आफ्नो जिम्मा लिएको बताइएको छ । अन्य तीन जनालाई दुल्लू इलाका प्रहरी कार्यालयको अनुसन्धानका लागि हिरासतमा राखेको इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । सिपाही प्रेमबहादुर भण्डारी बुवा बिरामी भन्ने निवेदन दिएर गत महिना घरबिदामा आएको भएपनि दुल्लू नगरपालिका-९ मा नेपाली काङ्ग्रेसको तर्फाट वडाध्यक्ष उम्मेदवार नेत्र भण्डारीको खुलेर प्रचारमा जुटेका थिए । बुवा बिरामी भन्ने जनाए पनि उनका बावु नरबहादुर भण्डारीको ७ वर्षघि नै मृत्यु भएको खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 8
Election-related cause primary
INSEC , Local Newspaper - Saptari

0 Comments

Related Reports