A suspicious object was found in a house of mayoral candidate of Baglung municipality on Saturday evening. According to the police, an unknown person put the bag in the candidate house saying that he will back in a minutes since he didnt came, they see inside the bag and found the suspicious object that look like socket bomb.
नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाको निर्वाचनमा मेयरको उम्मेदवार बन्नुभएका बसन्तकुमार श्रेष्ठको घरमा शनिवार साँझ शंकास्पद बस्तु फेला परेको छ। बानपा २ श्रीनगर टोलमा रहेको घरमा सकेट बम जस्तो शंकास्पद वस्तु देखिएको प्रहरीले पुष्टि गरेको छ।
केही दिनअघि एक जना मान्छे आएर घरमा एकै छिनमा आउछु भनेर झोला राख्न दिएको तर फर्किएर नआएकाले झोला खोलेर हेर्ने क्रममा उक्त शंकास्पद वस्तु फेला परेको प्रहरी उपरीक्षक चन्द्रकुवे खापुङले जानकारी दिनुभयो।
अहिले उक्त स्थानमा प्रहरी र नेपाली सेनाको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। निर्वाचन अगाडि नै उक्त शंकास्पद वस्तु राख्न दिनुमा निर्वाचन प्रभावित पार्ने गरी त्रास पैदा गर्ने प्रयास भएको अनुमान गरिएको छ।