Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता गिरफ्तार

2017-05-21

Province 1, Ilam, Mangsebung

Kokila Dhakal स्थानीय तह निर्वाचन गतिविधिको विरोध गरेको र स्थानीय तहका साइनबोर्ड फालेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यर्तालाई प्रहरीले जेठ ७ गते इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सुर्खेत घर भएका २३ वर्षीय ओमप्रकाश घर्ती, इलाम जीतपुरका २८ वर्षीया सालु बुढाथोकी र उनका पति २३ वर्षीय धनबहादुर मगर रहेका छन् । ओमप्रकाशलाई गजुरमुखीबाट, सालुलाई फाकफोकथुम गाउँपालिकाबाट र धनबहादुरलाई देउमाइ नगरपालिका-९ गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ओमप्रकाशले गजुरमुखी गाउँपालिकाको साइन वोर्ड फ्याँकेर ‘स्थानीय जन-समितिको कार्यालय’ लेखिएको नेपाल कम्युनिष्ट पाटीको वोर्ड राखेको, सालुले फाकफोकथुम गाउँपालिकाको बोर्ड फ्याँकेर पार्टीले अर्को बोर्ड राखेर चुनाव विरोधी पर्चा-पम्प्लेट छरेको तथा धनबहादुरले पनि चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताए । उनीहरू तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । धनबहादुर र ओमप्रकाश नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् । सालु भने नेपाल कम्युनिष्ट पार्टीको अखिल नेपाल महिला संघ इलाम संयोजक हुन् । लोकतन्त्रमा शान्तिपूर्ण ढङ्गले कुनै पनि राजनीतिक दलको गतिविधि गर्न पाउनुपर्ने पार्टीका इलाम इन्चार्ज त्रिलोचनले बताए । ‘बाटोमा हिँडिरहेका हाम्रा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । संविधानमा पनि कुनैपनि दलले पर्चा-पम्प्लेट गर्न र राजनीतिक गतिविधि सञ्चालन गर्न पाउने भन्ने लेखिएको छ ।’ उनले भने ‘त्यसकारण पनि हामीले हाम्रो गतिविधि सञ्चालन गर्न पाउनु पर्छ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
INSEC , Other Sources

0 Comments

Related Reports