Incident Reports

काङ्ग्रेस कार्यकर्ता दुई हप्तादेखि सम्पर्कविहीन

2017-05-07

Karnali, Humla, Kharpunath, Ward 3

खार्पुनाथ गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका कार्यकर्ता सोही गाउँपालिका-२ का १९ वर्षीय विजय रावल दुई हप्तादेखि बेपत्ता भएका छन् । रावल वैशाख २४ गतेबाट सम्पर्कविहीन भएको उनका परिवारले बताएका हुन । विजय खार्पुनाथ गाउँपालिका-३ राया गाउँबाट सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । नेपाली काङ्ग्रेसका खार्पुनाथ गाउँपालिकाका उम्मेदवार कर्ण रावल, प्रचार प्रसार संयोजक देवि हमाल नेतृत्वको टोलीसँग थालिबाट राया पुगेका त्यहाँबाट रावल कहाँ गए ? भन्ने जेठ ६ गतेसम्म नखुलेको रावलका दाइ जीवन रावलले जानकारी दिएका छन् । रावलले भाइको खोजी गर्न माग गर्दै जेठ २ गते प्रहरी चौकी याङ्चुमा निवेदन दिएका थिए । घरबाट वैशाख २४ गते हिँडेका रावल सम्पर्कमा नआएपछि आफन्तले खोजी गरेका थिए । रायाका स्थानीयले समेत प्रचार प्रसारमा आएको देखेपनि पछि रावल कहाँ गए भन्ने थाहा नभएको बताएका छन् । कार्यकर्ता बेपत्ता भएपनि काङ्ग्रेसको टोलीले यस विषयमा चासो नदिएको आफन्तहरूले आरोप लगाएका छन् । रावल खोज्न गएका गाउँलेले सम्पुर्ण ठाउँमा खोज्दै आएपनि केही जानकारी पाउन नसकेको बताएका छन । याङ्चु प्रहरी चौकीमा निवेदन दिएपछि जेठ २ गतेदेखि प्रहरीले खोजी कार्य सुरु गरेको याङ्चु प्रहरी चौकीका इञ्चार्ज हिरा सिंह विष्टले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Abducted 00
National/Online Media

0 Comments

Related Reports