Incident Reports

निर्वाचन शिक्षा सामग्रीमा आगजनी

2017-05-21

Madhes, Saptari, Shambhunath, Ward 9

सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा निर्वाचन शिक्षा सामग्रीमा जेठ ७ गते आगजनी गरेका छन् । वडा कार्यालयमा आयोजित निर्वाचन शिक्षा कार्यक्रममा संविधान संशोधन बिना कुनै पनि निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नदिने चेतावनी दिँदै गठबन्धनका कार्यकर्ताले निर्वाचन शिक्षा सामग्रीमा आगजनी गरेका हुन् । आगामी जेठ ३१ गतेको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी आयोजित निर्वाचन शिक्षा कार्यक्रममा गठबन्धनमा आबद्ध पार्टीका कार्यकर्ताले मतदाता शिक्षा हातेपुस्तिका, नमूना मतपत्र, निर्वाचन आचारसंहितासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर आगजनी गरेको बताए । गठबन्धनका कार्यकर्ताको विरोधपछि कार्यक्रम स्थगित गरिएको निर्वाचन शिक्षा कार्यकर्ता अमृतलाल चौधरीले बताए । गठबन्धनले राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न स्थानमा निर्वाचन शिक्षासम्बन्धी सामग्रीहरू नियन्त्रणमा लिएर जलाउनुका साथै विभिन्न स्थानमा टाँसिएका पोष्टरहरूसमेत च्यातेको सङ्घीय समाजवादी फोरम नेपालका बृजमान तामाङले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Other Sources

0 Comments

Related Reports