Incident Reports

कांग्रेस कार्यकर्ताद्वारा आफ्नै संघका महासचिवलाई खुकुरी प्रहार

2017-05-23

Bagmati, Dhading, Nilakantha, Ward 8

नेपाली कांग्रेस निकट नेपाल कुमाल संघका महासचिवमा ठाकुर कुमाल माथि खुकुरी आक्रमण भएको छ । कुमालका दुवै हात, खुट्टा र गर्धनमा खुकुरी प्रहार गरिएको छ । प्रहार भए लगत्तै सदरमुकामस्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार गराई घाइतेलाई उपचारार्थ सेनाको हेलिकप्टरमा राजधानी स्थित ग्राण्डी अस्पताल पुर्‍याइएको छ । मंगलबार बिहान साढे १० बजे अस्पतालबाट एकजना वृद्धा विरामी र कुकुरले टोकेको बालकलाई मोटरसाइकलमा राखेर घर तर्फ जाँदै गर्दा नीलकण्ठ ८ ससाह देउराली स्थित माध्यमिक विद्यालको ढोकैनिर मोटसाइकल रोकेर छिमेकी रामबहादुर तामाङ र हेमन्त दुवाडीले खुकुरी प्रहार गरेको घाइते तथा प्रत्यदर्शीहरुले बताएका छन् । दुवैजना नेपाली कांग्रेसका कार्यकर्ता रहेको र निर्वाचन अगावै जनजातीबाट वडानं ८ को सदस्यमा उम्मेदवारी टिकट कसले पाउने भन्ने विषयमा दुवैको भनाभन भएको थियो । दुवैजनाले टिकट नपाए पछि रामबहादुर तामाङ नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका आफ्ना ससुरा शालिकराम दुवाडीको प्रचारमा हिँडेका थिए । शालिकराम पराजीत भए पछि उनीहरुबीच वैमनस्यता झनै बढेको प्रहरीले प्रारम्भिक अध्ययनपछि बताएको छ । आक्रमण लगत्तै मोटरसाइकलमा मुरली भन्झ्याङ तिर भागेका आक्रमणकारीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ । खुकरी प्रहार द्वारा सख्त घाइते नेपाल कुमाल संघका महासचिव ठाकुर कुमालको प्राथिमिक उपचार पछि थप उपचारका लागी राजधानी लगिँदै
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports