Incident Reports

छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

2017-05-17

Gandaki, Nawalparasi West, Kawasoti, Ward 16

कावासोती नपा-१६ डण्डाकी १५ वर्षीया रविना अर्यालको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावु तुलसीप्रसाद अर्याल र ३७ वर्षीया आमा भिमकला अर्याललाई जेठ ८ गते गिरफ्तार गरेको छ । आरोपित तुलसीप्रसाद र सौतेनी आमा भिमकला अर्यालले जेठ ३ गते रविनाको हत्या गरेको आरोपमा उनकी दिदी मनिता अर्यालले जेठ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले उजुरीपछि आरोपितद्वयलाई सामान्य सोधपुछ पछि रिहा गरेको थियो । आरोपितलाई रिहा गरेको विरोधमा पीडितका आफन्त, मावली पक्ष तथा आफन्तलगायतले जेठ ७ गते इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । पीडित पक्षको दबावपछि आरोपितद्वयलाई अनुसन्धानका लागि जेठ ८ गते पुनः गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका सई प्रकाश श्रीखडाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Rupandehi , Local Newspaper - Parsa

0 Comments