Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-05-23

Madhes, Saptari, Shambhunath

कृष्णासबरन गाउँपालिका-१ जण्डौलकी २८ वर्षीया अनीता चौधरीका पति ३० वर्षीय शिवकुमार चौधरी र सोही ठाउँकी २९ वर्षीया ममता चौधरीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी जेठ १० गते मुद्दा दर्ता गरेको छ । पीडित महिलाले जेठ ८ गते दिएको उजुरीपछि आरोपितद्वयलाई जेठ ९ गते घरबाटै गिरफ्तार गरी बहुविवाहको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका इन्स्पेक्टर डिल्ली चौहानले बताए । सामाजिक परम्परअनुसार ०६३ सालमा विवाहिता पीडिततर्फ सन्तान छैनन् । आरोपित शिवकुमारले जेठी पत्नीबाट सन्तान नभएकोले अर्को विवाह गरेको बताए ।

0 Comments