Incident Reports

बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

2017-02-28

Lumbini, Rupandehi, Sammarimai, Ward 1

१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय ‘बेहुला’ र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ । सो घटनामा संलग्न रहेको आरोपमा दुईजना आरोपित सम्मरीमाई गाउँपालिका-१ करौताका ५० वर्षीय पुजारी श्यामनारायण मिश्र र उनका २० वर्षीय छोरा लभ मिश्र फरार रहेकोमा उनीहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आरोपित ‘पुजारी’ श्यामनारायण मिश्र र लभ मिश्रले बालिकालाई घरमा कोही नभएको मौका छोपी बालिकाका अभिभावकको अनुमतिबिना नै बालिकालाई ०७३ फागुन १७ गते भारतको पञ्जाबमा लगेर १४ वर्षीय बालकसँग विवाह गराइदिएको प्रहरीको भनाइ छ । छोरी हराएपछि पीडित बालिकाका बावुले छोरीको खोजी गरिदिन भनी प्रहरीमा ०७३ फागुन १८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । पीडित बालिकाका बावुको उजुरीका आधारमा प्रहरीले बालविवाहसम्बन्धी मुद्दा दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments