Incident Reports

बालविवाह गराएको आरोपमा २ जना पक्राउ

2017-05-23

Lumbini, Rupandehi, Rohini, Ward 7

१४ वर्षीया बालिकालाई बालविवाह गराइदिएको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-७ छिपागढकी पीडित बालिकाकी आमा ४५ वर्षीया रुमछली मल्लाह र पीडितका १८ वर्षीय दाजु सञ्जय कुमार मल्लाहलाई जेठ ८ गते गिरफ्तार गरेको छ । आरोपितहरूले पीडितलाई उमेर नपुग्दै करकाप र डरधम्की देखाई ०७४ वैशाख १ गते भारतको महाराजगञ्ज थाना सुगौलीग्राम बस्ने २० वर्षीय मोहन साहनीसँग विवाह गरिदिएको भन्दै पीडितले वैशाख ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितले आफूलाई पतिले मादक पदार्थ सेवन गरेर दुखः दिने गरेको, शारीरिक तथा मानसिक पीडा दिने गरेको भन्दै बाबु-आमा, दाजु र पतिविरूद्ध कारबाहीको माग गरी दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

0 Comments