Incident Reports

विद्यालयमा तालाबन्दीले पठनपाठन प्रभावित

2017-05-09

Madhes, Saptari, Mahadeva

सप्तरीको पकरी गाविसस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भष्टचार गरेको भन्दै अभिभावकहरुले लगाएको तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । एक साताअघि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेको थियो । विद्यालयका प्रअ प्रदीप कुमार चौधरीले विद्यालयमा रहेका शैक्षिक अवैधानिक क्रियाकलापका साथै आर्थिक हिनामिना तथा विद्यालयमै आतंक फैलाएको भन्दै प्रअको कोठा र लेखा शाखामा गत बैशाख १४ गतेमा स्थानीय अभिभावकहरुले अनिश्चितकालिन तालाबन्दी गरेको थियो । विद्यालयमा गरिएको अनिश्चितकालिन तालाबन्दीका कारण एक हजारभन्दा बढी बालबालिकाहरुको पठनपाठन पुर्ण रुपमा प्रभावित बनेको स्थानीय अभिभावक बिनोद कुमार यादवको कथन छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments