Incident Reports

पतिद्वारा पत्नीलाई मार्ने प्रयास, आरोपित गिरफ्तार l

2013-05-25

Dipen Neupane मोरङ । जेठ १२ गते कदमहा गाविस-२ की ३८ वर्षीया बेवी खातुनलाई उनका पति ४५ वर्षीय अजुरुल महमदले ०७० जेठ ११ गते राति कुटपिटपछि घाँटीमा डोरीले बाँधेर मार्ने प्रयास गरेका छन् । आरोपितलाई प्रहरीले ०७० जेठ १२ गते गिरफ्तार गरेको छ । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार हुँदैछ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा ०७० जेठ १२ गते आरोपितविरुद्ध उजुरी दिएको छ । मादक पदार्थ सेवन गरेका आरोपित र उनकी बहिनी ३२ वर्षीय दुखनी खातुनले घरमा सुतेकी पीडितलाई लाठी, पेटी र लात्तीले कुटपिट गरी घाँटीमा डोरीले बाँधेर आँगनमा घिसार्दै गर्दा छिमेकीले पीडितको उद्धार गरेका थिए । कुटपिटबाट पीडितको घाँटी, पाखुरा, ढाडलगायत शरीरका विभिन्न भागमा निलडाम रहेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले बताइन् । आरोपितले अर्की पत्नी ल्याउन पीडितलाई कुटपिट गरेको पीडितका भाइ बद्रे आलमले बताए । आरोपितले यसअघि पनि पीडितलाई कुटपिट गरी घाइते बनाएका थिए । सो घटनापछि प्रहरीको रोहवरमा आरोपितले मादक पदार्थ नखाने र पत्नीलाई कुटपिट नगर्ने सहमति भएको पीडितकी भाउजू अजमति खातुनले बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis