Incident Reports

टिकट वितरणविरुद्ध अनशन

2017-05-24

Sudurpashchim, Kailali, Dhangadhi

पार्टी नेतृत्वले टिकट वितरणमा अन्याय र असमान व्यवहार गरेको आरोप लगाउँदै एक जना कांग्रेस कार्यकर्ताले आमरण अनशन थालेका छन् । धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पूर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालाबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका हुन् । ‘टिकट वितरणमा अन्याय मात्र भएन । आर्थिक लेनदेनदेखि भागबन्डासमेत गरिएको छ,’ कुँवरले भने, ‘७ नं प्रदेशको एकमात्र उपमहानगरका वडामा टिकट वितरणमा नेतृत्वले गरेको मनोमानीका विरुद्ध आमरण अनशन बस्नुपरेको हो ।’ पाउनुपर्नेले टिकट नपाएको र जित्नै नसक्ने तथा जनाधार नै नभएकालाई टिकट दिइएको उनले आरोप लगाए । पार्टीभित्र गुटबन्दीले कांग्रेस पराजित हुने वातावरण सिर्जना भएको र शुद्धीकरण नहुँदासम्म अनशन कायम रहने उनको भनाइ छ । धनगढी बजारको छेउमा रहेको कांग्रेस कार्यालयमा उनी एक्लै आमरण अनशनमा बसेका छन् । कांग्रेस सुदृढीकरण र शुद्धीकरण हुनुपर्ने ब्यानर टाँगेर अनशनमा बसेका कुँवरलाई अहिलेसम्म दलका जिम्मेवार नेता कोही पनि भेट्न आएका छैनन् । कार्यालयभित्र जाने मूल ढोकामा ताला लगाइएको छ । ढोका छेउमा उनी अनशन बसिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports