Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2017-05-25

Lumbini, Dang, Tulsipur

तुलसीपुर उमनपा-४ की ४३ वर्षीया गोमा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय पति दिलबहादुर पुनलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी जेठ ११ गते मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएकोमा पीडित महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा जेठ १४ गते राति मृत्यु भएको थियो । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी पुनको मृत्यु भएपछि गोमाकी आमा भिमि रानाले जेठ १५ गते इलाका प्रहरी कार्यालयमा ज्वाँइ विरुद्ध उजुरी दिएकी छन् । मृतकको शवको पोष्टमार्टम जेठ १५ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments