Incident Reports

प्रहरीद्वारा धर्नामा बसेका मजदुरमाथि लाठी प्रहार, चार जना घाइते l

2013-05-26

Province 1, Morang, Budhiganga

Dipen Neupane मोरङ । जेठ १२ गते हात्तीमुडा गाविस-९ स्थित स्वस्तिक जुट मिलअगाडि मजदुर निस्कासनको विरोध गर्दै धर्नामा बसेका मजदुरमाथि प्रहरीले लाठी प्रहार गरी ०७० जेठ १२ गते चार जनालाई घाइते बनाएको छ । घाइते हुनेमा हात्तीमुडा गाविस-९ का ३४ वर्षीय मोफिल मियाँ, सोही ठाउँकी ३६ वर्षीया महिरुन खातुन, २० वर्षीय राम कुमाल र २८ वर्षीय जहिरन खातुन रहेका छन् । उनीहरूको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भएको छ । सो मिलका कार्यरत ३८ वर्षीय मोहमद कैयुमलाई पुनःबहाली गर्न माग गर्दै मजदुरअरु धर्नामा बसेको समयमा इलाका प्रहरी कार्यालय नेमुवाका इञ्चार्ज पुनम चौधरीको नेतृत्वमा लाठी प्रहार गरिएको थियो । लाठी प्रहारपछि प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । घाइते चार जनासहित ४२ वर्षीय मोहमद इस्लाम, ३५ वर्षीय जीवरिल मिया र ३४ वर्षीया कुमारीदेवी कुमाल रहेका छन् । उनीहरूलाई जुटमिलमा तोडफोड हुने आशंकामा गिरफ्तार गरिएको र साँझ रिहा गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पोखरेलले बताए । इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज चौधरी सामान्य बल प्रयोग गरिएको बताए । पीडित मोहमद कैयुमले शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको बनाए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis