Incident Reports

दुई गाविस सचिव ७ घण्टापछि अपहरण मुक्त l

2013-05-26

Nandaram Poudel कपिलवस्तु । जेठ १२ गते घुम्ती शिविरमा खटिएका खुरुहुरिया गाविस सचिव झलककुमार श्रेष्ठ र लालपुर गाविस सचिव कृष्ण शर्मा ०७० जेठ १२ गते बिहान १० बजे अपहरणमा परेकोमा साँझ ५ बजे मुक्त भएका छन् । नेकपा माओवादी वैद्य समूहका पश्चिम कमान्डको नेतृत्वमा बिहान १० बजे शिवपुर गाविसको हल्लानगरवाट नागरिकता वितरण तथा मतदाता नामावली संकलनका लागि शिवगढीमा संचालन हुने शिविरतर्फजाँदै गर्दा अपहरणमा परेका थिए । अपहरणमा परेको हल्लाले आज संचालन हुने भनिएको शिविर समेत स्थगित भएको थियो । दुई जना सचिव सम्पर्कविहीन भएपछि प्रहरीले व्यापक खोजी गरेको थियो । साँझ ५ बजे माओवादी निकट क्रान्तिकारी पत्रकार महांसघका अध्यक्षले टेलिफोन गरी घटनाको जिम्मा माओवादीले लिएको जानकारी गराउँदै नियन्त्रणमा लिएका सचिवलाई सोधपुछ गरी छाडिएको बताएका छन् । एसपी राजेन्द्र ढकालले व्यापक प्रहरी परिचालन गरी सर्च गरेकोले अपहरणकारी बाध्य भएर छाडेको बताए छन् । माओवादीले मतदाता नामावली संकलन कार्य तथा नागरिकता वितरण कार्य रोक्ने शर्त पछि छाडेको स्रोतको दाबी छ । माओवादीले अपहरण नभई सोधपुछका लागि लगिएको बताएका छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis