Incident Reports

दाइजोको निहुँमा एक महिलाको हत्याl

2013-05-27

Province 1, Morang, Rangeli

KC Lamichhane पर्सा । जेठ १२ गते पर्साको बैरियाविर्ता गाविसमा ०७० जेठ ११ गते एक महिलाको हत्या भएको । दाइजो नल्याएको निहुँमा बैरियाविर्ता गाविस वडा नम्वर ६ निवासी २१ वर्षीया रबितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय जयराम मुखिया बिनकी श्रमिती रबिता देवीको शव उनको घरबाटै वरामद गरिएको प्रहरीले जानकारी दिएको छ । २१ वर्षीया रबिता देवीलाइ परिवारका मान्छेले झुण्ड्याएर मारेको हुन सक्ने प्रहरीको आशंका छ । रविताको घरमै हत्या भएको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गरेपछि जयराम मुखियासँगै घरपरिवारका सबै सदस्य फरार भएको इन्स्पेक्टर पुरुषोत्तम पाण्डेले जानकारी दिए । पर्साको बसन्तपुर माइती घर भएकी रबिता देवीको चार महिनाअगाडि जयरामसँग विवाह भएको थियो । दाइजोको निहुँमा आफ्नो छोरीको हत्या भएको रबिताका बुबा बुनिलाल मुखीया बिनले बताए । विवाह भएको चार महिनाको अवधिमा दाइजो नल्याएको भन्दै रबितालाई उनका श्रीमान जयरामसँगै परिवारका अन्य सदस्यले पटकपटक यातना दिने गरेको उनले बताए बताए । रबिताको शव पोस्टमार्टमको लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । जयरामसँगै उनका घरपरिवारका सदस्यहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । केसी लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis