Incident Reports

ईटाँ उद्योगमा कार्यरत एक कामदारको शंकास्पद मृत्यु

2017-06-24

सप्तरीको रुपनी गाउँपालिका ३ मा रहेको पूर्णिमा ईटाँ उद्योगमा कार्यरत एक कामदारको शंकास्पद अवस्थामा शव फेला परेको छ । उक्त उद्योगमा कार्यरत सहायक मुन्सी सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका १ नम्बर योगिनिया घर भएका ४५ वर्षीया तेज नारायण बनबरिया (यादव) को शव उद्योगको दक्षिणी भागमा फेला परेको प्रहरीको भनाई छ । परिवारजनले बनबरियाको हत्या भएको भनि आरोप लगाएका छन् । शनिवार मध्यान्न १२ बजे नै उनको शव ईट्टा उद्योगको फेला परेको थियो । ईटा उद्योगमै मुन्सीको रुपमा कार्यरत मृतकका गाउँले नै रहेका नातामा भतिजा पर्ने उपेन्द यादव र उद्योगका अन्य कर्मचारी भने प्रहरीलाई कुनै जानकारी गराएनन् । राती ८ बजेतिर उपेन्दसहितकाहरुले दुर्घटनामा परि बनबरियामा मृत्यु भएको भन्दै मृतकको शव राजविराजस्थित गजेन्द नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर् याएपछि बल्ल प्रहरीले मृत्युबारे जानकारी पाएको सप्तरीका डिएसपी यादव राज उप्रतीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Saptari

0 Comments

Related Reports